चिउरी निम हर्बल साबुन - निमकाे रूख हाम्रो शरीर, छाला तथा कपालको लागि अत्यन्तै फाइदाजनक औषधि हो । यसमा निम, चिउरी, पपैया, तितेपाती, बेसार, घिउकुमारी, केशर, चन्दन, जस्ता आयुर्वेदिक जडिबुटीहरू बाट तयार पारिएकाे छ । यो साबुन शुभ दिप हर्बल कम्पनीद्वारा नेलो केयर ब्रान्डमा उत्पादित छ । यसको प्रयोगले छालालाई नरम, मुलायम, चम्कीलो बनाउँछ। साथै अनुहारमा भएको चाँया पोतो र डण्डीफोर, साथै छाला सम्बन्धी रोग जस्तै दाथ, एलर्जी, लुतो घमउरा र कपालको चाँया कपाल झर्ने समस्याको साथै सम्पूर्ण छाला रोगको लागि प्रभावकारी छ ।
प्रयोग विधि : यो साबुन छ बर्ष माथिका व्यक्तिले मात्र प्रयोग गर्न मिल्छ । अनुहारमा भएका दाग डण्डीफोरको लागि बिहान र बेलुका सफा पानीले मुख धुने र छाला सम्बन्धि रोग भएका लाइ चकित्सकको सल्लाह अनुसार पनि प्रयोग गर्न सकिन्छ ।